काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको पत्रअनुसार सञ्चालक समितिको २२३औँ बैठकले प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
कम्पनीको पत्रमा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको राजीनामा २०८३ साउन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको उल्लेख छ ।
त्यसैगरी, अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई २०८३ साउन १० गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सचिव प्रकाश सिंह कनौजियाद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त जानकारी गराइएको हो ।
यसैगरी सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।