free website hit counter

ओबामाले भने, ट्रम्पको कार्यशैली अराजक

beemaadmin
२०७७ बैशाख २८, आईतवार

एजेन्सी । कोरोना आतंकले विश्वमै सबैभन्दा ठूलो मानवीय क्षति व्यहोरेको अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् । ट्रम्पको कार्यशैलीप्रति विश्व समुदाय नै आश्चर्यचकित भएका बेला पूर्व राष्ट्रपतिले मुख खोलेका हुन् ।
ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् । उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको बताए । ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको उनले बताए । उक्त टेलिफोन वार्ता ओबामाका पूर्व कर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो ।
‘आउँदै गरेको चुनाव अत्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग संघर्ष गरिरहेका छैनौं,’ ओबामाले भने । ‘हामी जुन कुराविरुद्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दुश्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आवेग बनेको छ ।’ याहू न्यूजले टेलिफोनवार्ताको अडियो रेकर्डसमेत प्रकाशित गरेको छ । ओबामाका प्रवक्ताले पूर्व राष्ट्रपतिको बयानबारे टिप्पणी गर्न अस्विकार गरे ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार