free website hit counter

कतार प्रहरीमा १ सय ७९ नेपाली

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । कतारको प्रहरी सेवामा पहिलो पटक १ सय ७९ जना नेपाली भर्ती भएका छन् । अन्य कामदारमा मात्रै नेपाली युवा लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको हो । कतार प्रहरीमा भर्ती भएका नेपालीहरुको चार महिने प्रहरी तालिम समेत सकिएको छ । उनीहरु अब तत्काल कतार प्रहरीको रुपमा कार्यस्थलमा खटिने भएका छन् ।
यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । कतारमा नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा नेपालीलाई नै अवसर दिइएको कतारले बताएको छ । कतारमा करिव चार लाख ५० हजार नेपाली छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।
प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपनियोग प्रमुख लक्ष्मण खनालले इमानदारीताका साथ कायस्थलमा आफ्नो दायित्व निर्वाह गर्न नेपालीलाई आग्रह गरे ।
उनले नेपालीलाई प्रहरी सेवा अवसर दिने कामले नेपाल र कतारबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार