free website hit counter

कर नथोपर्ने हो भने पेट्रोल ४३ रुपैयाँ लिटर

beemaadmin
२०७७ श्रावण ५, सोमबार

काठमाडौं। सरकारले विभिन्न कर थोपर्दा पेट्रोलियम पदर्थाको मूल्य उच्च हुन पुगेको हो । सरकारले विभिन्न कर नलागने हो भने पेट्रोल प्रतिलिटर ४२–४३ रुपैयाँमा बेच्न सकिने नेपाल आयोल निगमले जनाएको छ। निगमका कार्यकारी नर्देशक सुरेन्दकुमार पौडेलले आइतबार नेपाली काँग्रेस (वीपी) निकटको विद्यार्थी संगठन नेविसंघ (वीपी) को ज्ञापन पत्र बुझ्नेक्रममा यस्तो बताएका हुन्। आयाल निगमले १० दिनको फरकमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि त्यसको विरोध गर्दै नेविसंघ ९वीपी०ले आइतबार निगममा ज्ञापन पत्र बुझाएको छ। संघले सरकारले इन्धनमा विभिन्न कोषका लागि भन्दै पैसा उठाएर महंगोमा इन्धन बेचेपछि कुन कोषमा कति रकम छ भन्ने सार्वजनिक नगरेकोमा आपत्ति जनाएको छ। संघले यसरी कोषमा जम्मा गरिएको रकमबारे ७ दिन भित्र जानकारी दिनसमेत माग गरेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार