free website hit counter

काठमाडौँ छाड्न दिने सरकारी निर्णय रद्द

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

काठमाडौँ । लामो लकडाउनका कारण उपत्यकामा अड्किएका व्यक्तिहरुलाई उपत्यका छाड्न दिने निर्णयबाट सरकार पछि हटेको छ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय यसअघि भए पनि सो निर्णयबाट सरकार पछि हटेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए । ‘छलफल मात्र भएको निर्णय नभएको भन्दै मन्त्री पोखरेलका स्वकीय सचिवयबाट बताइएको छ ।

Advertisement
Advertisement

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले काठमाडौंबाट बाहिर जान दिने निर्णय गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाउँदै समितिका संयोजक ईश्वर पोखरेलले एक विज्ञप्ति जारी उक्त समाचारप्रति गम्भीर ध्यनाकर्षण भएको बताएको बताउँदै यस किसिमको कुनै निर्णय नभएको समेत स्पष्ट पारेका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौं बाहिर जान दिने निर्णय सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, काठमाण्डौबाट वाहिर जानदिने र वाहिरबाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। वरु वेखर्चीलाई राहत देउ।

सम्बन्धित समाचार