free website hit counter

काठमाडौंको मेयर जित्नेमा रमेश खरेल ढुक्क

beemaadmin
२०७८ चैत्र १७, बिहीबार

काठमाडौं । राजधानी काठमाडौंका मतदाता अचम्मका छन्, स्थापित पार्टीका नेताहरुलाई मात्रै होइन कहिलेकाहीं विद्रोह गरेर नानीमैया र रञ्जु दर्शनाहरुको पक्षमा पनि मतदान गर्छन् । त्यही देखेर आफूलाई भ्रष्टाचार विरोधी भन्दै आएका पूर्व प्रहरी रमेश खरेल काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा सुरू भएको छ। उनको नेपाल सुशासन पार्टी र शुभेच्छुकहरूले खरेलको बारेमा चर्चा गर्न थालेका हुन्। तर त्यसको निर्णय भने भइसकेको छैन। डिआइजीसम्म पुगेर अवकाश लिएका खरेल त्यसपछिको केही समय नेपाल सुशासन अभियानमा सक्रिय भएर देशैभरि भ्रष्टाचारविरूद्धको अभियान चलाएका थिए। त्यसपछि उनले नेपाल सुशासन पार्टी नै दर्ता गरेर राजनीतिमा होमिएका हुन्।
प्रहरी संगठनमा ‘इमान्दार’को छवि बनाएर सेलिब्रेटी भएका खरेलको पार्टी पनि स्थानीय चुनावमा सहभागी हुने भएको छ। त्योसँगै उनी आफै काठमाडौंको मेयरमा चुनाव लड्ने चर्चा सुरू भएको हो। ‘जहाँबाट भए पनि चुनाव लड्नुपर्छ भन्ने सोच त मेरो पनि हो तर साथीहरू, शुभेच्छुकहरूले काठमाडौंको मेयरमै उठ्न सुझाव दिनुभएको छ’ खरेलले भने ‘त्यसको निर्णय पार्टीले त गरिसकेको छैन। तर अब छलफल सुरू भएको छ।’
काठमाडौंले आफूलाई धेरैपटक परीक्षण गरिसकेको भन्दै उनले चुनाव उठेमा जित्ने आधार र आत्मविश्वास पनि रहेको बताए। ‘प्रहरी संगठनमा काम गर्दा पनि पटक पटक काठमाडौं वासीमाझ परिक्षित भइसकेको छु। उहाँहरूले रमेश खरेल के हो र उसले केसम्म गर्नसक्छ भन्ने राम्रोसँग बुझ्नुभएको छ’ खरेलले भने ‘यहाँका विवेकी मतदाताको विवेकको छनोटमा म पर्छु होला भन्ने मेरो आत्मविश्वास हो।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार