free website hit counter

काठमाडौं उपत्यकामा एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

beemaadmin
२०७८ बैशाख ११, शनिबार

काठमाडौं। अस्पतालका बेडहरु दिनदिनै भरिँदै जाँदा र संक्रमितको संख्या बढिरहेको बेला काठमाडौं उपत्यकामा कम्तिमा पनि चार हप्तासम्म लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुले पनि कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै तत्काल कडा लकडाउन लगाउन आग्रह गरेका थिए । मन्त्रालयले पनि जोखिम हेरेर नै लकडाउन गर्नको लागि सीसीएमसीलाई सुझाव दिएको स्रोतको दाबी छ । तर, सिसिएमसीले यसबारेमा भने कुनै निर्णय भने गरिसकेको छैन् । अब कस्तो कदम चाल्ने भन्नेबारे सिसिएमसीले आजरभोलिभित्रै आफ्नो सुझाव पेश गर्ने भएको छ । सिसिएसमीले मन्त्रिपरिषदलाई आफ्नो सुझाव पेश गर्नेछ । काठमाडौंमा मात्रै नभएर काठमाडौं उपत्यकाबाहिर पनि कोरोना संक्रमण द्रुत गतिमा फैलिएको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमणको भयावह अवस्था छ । लाखौंको संख्यामा संक्रमित थपिएका छन् । भारतसँग नेपालको खुला सिमाना छ । अहिले पनि आवातजावात भैरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार