free website hit counter

काठमाण्डौमा भोलिदेखि थप कडाई, के के गर्न पाइन्छ ?

beemaadmin
२०७८ बैशाख २९, बुधबार

काठमाण्डौ । कोरोना कहरले काठमाडौं उपत्यका आक्रान्त भएको बेला उपत्यकाका तीनवटा जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएसँगै थप कडाई गरिने भएको छ । यसअघि थपिएको अवधिसम्म कडा स्वास्थ्य मापदण्डका बीच खुलेका क्षेत्रहरु समेत बन्द हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गरेको हो ।
कोरोना भाइरसको दोश्रो लहर तीव्र रुपमा फैलिइरहेकोले कम्तीमा १ महिनाको निषेधाज्ञाबाट मात्र फैलावटको चेन ब्रेक हुनसक्ने निश्कर्ष निकाल्दै जारी निषेधाज्ञाको अवधि बढाएर जेठ १३ गतेसम्म पुर्याउने निर्णय भएको छ । अब थप गरिएको निषेधाज्ञा अवधिमा भने विवाह, ब्रतबन्धजस्ता कार्यक्रमहरु घरमै गर्नुपर्ने गरी नयाँ मापदण्ड बनाइएको छ । यसको अर्थ यस्ता कार्यक्रम अब होटल, पार्टी प्यालेसमा गर्न पाइनेछैन । यसअघि निश्चिम मानिसहरु भेला भएर यस्ता धार्मिक तथा सामाजिक कार्यक्रम गर्न छुट थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार दैनिक उपभोग्य सामाग्री खरीदका लागि भनी यसअघि निर्धारण गरिएको समयमा भने केही छुट दिइएको छ । अर्थात अब बिहान १० बजेसम्म त्यस्ता सामाग्री खरीदबिक्री गर्न पाइनेछ । यसअघि बिहान ९ बजेसम्म मात्र खरीदबिक्री गर्न पाइने व्यवस्था गरिएको थियो । बिहानको बेलामा कम समय मात्र दिंदा भीडभाड बढेर संक्रमण फैलिने जोखिम देखिएकोले प्रशासनले किनमेलको समयमा एकघण्टा थप गर्ने निर्णय गरेको हो । यो नियम बिहीबारदेखि लागू हुनेछ । प्रशासनले अब भने अत्यावश्यक सेवा दिने बाहेकका अन्य सबै कार्यालयहरु बन्द गराउने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार