free website hit counter

कात्तिक १७ गतेदेखि अभिकर्ता इजाजत पत्रको अनलाइन परिक्षा

beemaadmin
२०८० कार्तिक ४, शनिबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागी कात्तिक १७ गतेदेखि अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले पहिलो पटक आफैंले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार चरणबद्धरुपमा सञ्चालन गरिने अनलाइन परिक्षामा एक पटकमा अधिकत्तम १०० जना परिक्षार्थीले मात्र सहभागीता जनाउन पाउने भएका छन् । परिक्षामा सहभागीताका लागी छनौट भएका परिक्षार्थीले परिक्षामा सहभागीताका लागी अनलाइन सिस्टमको लि‌ंक उपलब्ध गराउनेछ । यस्तो लि‌ंकमार्फत् परिक्षाका लागी निर्धारित समयमा सहभागी भएर परिक्षार्थीले परिक्षा दिन पाउनेछन् । परिक्षामा समान दुई अंक भारका ५० वटा वस्तुगत प्रश्न सोधिनेछन् । सोधिएको ५० वटा मध्ये कम्तीमा २५ वटा प्रश्नको सहि उत्तर दिएर ५० अ‌ंक प्राप्त गर्ने परिक्षार्थीले मात्र अभिकर्ता इजाजत पत्र लिन पाउनेछन् । प्रश्नको उत्तरका लागी परिक्षार्थीले प्राधिकरणले अनलाइनमा प्रश्न तालिका सँगै उपलब्ध गराउने चारवटा विकल्पमध्ये उत्कृष्ट विकल्प छनौट गर्नुपर्नेछ। प्राधिकरणका अनुसार परिक्षा सञ्चालनका लागी आवश्यक प्राविधिक तयारी पुरा भइसकेको छ। प्राधिकरणले इजाजत पत्रका लागी प्रयोग हुँदै आएको साबिकको अनलाइन प्रणाली गत असोज २५ गतेदेखि बन्द गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार