काठमाडौं । कोरोना कहरले नराम्रोसँग प्रभावित भएको यातायात व्यवसायलाई कामना सेवा विकास बैंकले ब्याजमा विशेष सहुलित दिएको छ । कामना सेवा विकास बैंक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको हो ।
उक्त योजनाअन्तर्गत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल साउन २० गते सम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ ।
यसैगरी असार महिनासम्मको साँवा तथा ब्याज असार महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन् । यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत बैकले विश्वास लिएको छ ।