free website hit counter

कामरेडले विजय जुलुसको भिडियो भनेर पोर्न भिडियो पठाएपछि….

beemaadmin
२०७९ असार ४, शनिबार

काठमाडौं। दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा माओवादी केन्द्रका दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘पोर्न भिडियो’ पनि पठाए । उक्त ‘पोर्न भिडियो’ थियो गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे । अनि, उक्त पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो । रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् । तर, उनीहरूको ‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।
प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्‍गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् । तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको हो ।
बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् । युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा ‘काम छ’ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छिन् । युवतीले बलात्कार भने पनि रामसिंहले चाहिँ युवतीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र फोनमा कुराकानी गरिरहने र भेट भएको मौकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेको बयानमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार