free website hit counter

कालिका लघुवित्तको नाफा शतप्रतिशत भन्दा बढी

beemaadmin
२०८२ बैशाख २३, मंगलवार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १११.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३१.३३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६.१२ प्रतिशत र सञ्चालन मुनाफा १११.४३ प्रतिशत बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ७४ पैसा बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४६.८५ गुणा रहेको छ। ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड २२ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ६८ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६ पैसा रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार