free website hit counter

काेराेनाकाे उच्च जोखिममा कोरिया (कहाँ कति संक्रमित)

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

टोकियो । नेपाली श्रमिकहरु धेरै कार्यरत रहेको जापान र दक्षिण कोरियामा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो समय चिनमा कोरोना भाईरसबाट संक्रमितको संख्या थपिने क्रम घटिरहँदा अन्य देशमा भने यसबाट संक्रमित बढ्न थालेका छन् । जापानमा संक्रमित ९ जनाको मृत्यु हुँदा अमेरिकामा एकजनाले ज्यान गुमाएका छन् । यसैगरि संक्रमितको संख्या ९ सय ५३ पुगेको छ भने २२ जनाको अवस्था चिन्ताजनक रहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरि दक्षिण कोरियामा १७ जना संक्रमितले ज्यान गुमाएको पुष्टि हुँदा ईरानमा २ सय बढी ब्यक्तिले ज्यान गुमाएको आशंका गरिएको छ । विश्वभर कोरोना भाईरसको संक्रमण फैलंदो क्रममा रहँदा दक्षिण कोरियामा संक्रमितको संख्या तिब्रगतिमा बढेको छ ।
आईतबार मध्यान्हसम्ममा ३५ सय २६ जनालाई संक्रमण पाईएको कोरियन समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
एकदिनमै ३ सय ७६ नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरुले बताएका छन् । यसैगरि युरोपीयन देशहरुमा कोरोना भाईरसको संक्रमण फैलंदो क्रममा रहँदा ईटली सबैभन्दा धेरै मारमा परेको छ ।
हालसम्म ईटलीमा १ हजार १ सय २८ व्यक्ति संक्रमित भेटिईसकेका छन् । त्यस मध्ये २९ जनाले ज्यान गुमाएको समाचारमा जनाईएको छ । अष्ट्रेलियामा समेत एकजनाले ज्यान गुमाएका छन् ।
कोरोना भाईरसको संक्रमण फैलिएको चिनमा हालसम्म २८ सय ७० जनाले ज्यान गुमाएका छन् । हाल संक्रमितको संख्या ७९ हजार ८ सय २४ रहेको र ४१ हजार ६ सय २५ जना संक्रमितको स्वास्थ्यमा सुधार आएको चिनियाँ समाचार संस्था सिजिटिएनले उल्लेख गरेको छ । यस बाहेक हगंकगंमा ९५ संक्रमित र २ जनाको मृत्यु भएको छ भने ३३ जनाको स्वास्थ्यमा सुधा भएको छ । मकाउमा १० संक्रमित भेटिएकामा ८ जनाको स्वास्थ्य सुधार तथा ताईवानमा ३९ संक्रमित भेटिंदा एकको मृत्यु र ९ जनाको स्वास्थ्यमा सुधार आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार