free website hit counter

किन बढिरहेको छ सुनको मुल्य ?

beemaadmin
२०८१ श्रावण २६, शनिबार

काठमाडौं । विश्व बजारमा यस साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जसकारण नेपाली बजारमा पनि सुनको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको हो । विश्व बजारमा मध्यपूर्वमा बढ्दो तनावका बीच साताको शुरुका दिनमा बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरि बढ्यो । अमेरिकी श्रम बजारमा देखिएको सुधार, अमेरिकी डलरको मजवुती जस्ता कारणले सुनको मूल्य घट्न सहयोग पुगेको बिश्लेषकहरुले बताएका छन्। शुक्रबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउमा सामान्य गिरावट देखियो । सुन प्रतिअउन्स २ हजार ४२३ डलर बराबरमा कारोबार भयो । यो साता पनि नेपाली बजारमा सुन महंगिएर ऐतिहासिक उचाइमा पुगेको छ। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५० हजार रुपैयाँको रेकर्डस्तरमा पुगेर नयाँ रेकर्ड कायम गर्यो। साताको पहिलो दिन, आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ तोकिएको थियो ।जुन सोमबार बढेर तोलाकै एक लाख ५० हजारको उचाइमा पुगेको थियो । त्यसदिन, सुनको मूल्य हालसम्मकै उच्चस्तरमा पुगेको थियो । त्यस पछिका दिन भने सुनको मूल्य लगातार तीन दिन ओरालो लागेको थियो । सुन मंगलबार प्रतितोला एक लाख ४७ हजार ७०० रूपैयाँमा झरेको थियो । यसैगरी, बुधबार सुनको मूल्य गिरावट भएर प्रतितोला एक लाख ४६ हजार ३०० रूपैयाँमा र बिहीबार तोलाको एक लाख ४६ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो । तर साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनको भाउ फेरि बढेर प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा तोलामै एक हजार ६०० रुपैयाँले कम हो । यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँ रहेको थियो । जुन सोमबार स्थिर रहेर मंगलबार चाँदी तोलाको एक हजार ७२५ रूपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको भाउ लगातार २ दिन घटेर बिहिबारसम्म एक हजार ६९० रूपैयाँमा कारोबार भएको थियो । साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार भने चाँदी प्रतितोला एक हजार ७३० पुग्यो । यसरी, साताभरमा चाँदीको मूल्य ५५ रूपैयाँले सस्तिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार