free website hit counter

किन बढिरहेछ सुनको मूल्य अचाक्ली

beemaadmin
२०८२ माघ ३, शनिबार

काठमाडौं । सामान्य मानिसका लागि अब सुन सपना मात्रै बन्दैछ । दिनदिनै रेकर्ड ब्रेक गर्दै मूल्य बढिरहँदा बजारमा पनि सुनसानको अवस्था आएको छ । पछिल्लो एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ । गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २७ गते आइतबार सुनको मूल्य बढेर २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै, पुस २८ गते सोमबार पुनः ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यस्तै, अघिल्लो दिनको तुलनामा पुस २९ गते मंगलबार १ हजार ८०० रुपैयाँले मूल्य बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो । पुस ३० गते बुधबार १५०० रुपैयाँले सुनको मूल्य बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो । त्यस्तै, माघ १ गते बिहीबार भने १५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भयो । माघ २ गते शुक्रबार पुनः ७०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नुको पछि धेरै कारण रहेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले सुनको मूल्य बढ्नुमा विकसित देशहरुमा सुन अधिक संचिति हुनु, अन्तराष्ट्रिय रुपमा हुने कारोबार र विभिन्न देशबीच चलिरहेको युद्ध तथा अशान्त वातावरणको कारण मान्छन् । अहिले लगनको महिना भएकाले नयाँ सुनका गहना खरिद गर्ने हुँदा त्यसको मूल्य स्वभाविक रुपमा बढ्ने उनको बुझाइ छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार