free website hit counter

किन रोज्यौ प्रेक्षा तिमीले यो बाटो ?

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

लाउँलाउँ र खाउँखाउँको उमेरमै एउटी कलाकारले जीवनलीला समाप्त गरेकी छिन् । ‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी हुन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्– ‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ ।’ गएराती उनका परिवारका सदस्यहरु तास खेलिरहेका थिए । प्रेक्षा भने एक्लै बसिरहेकी थिइन् । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो’ भनेर लेखेकी थिइन् । मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले देखेका थिए । प्रेक्षा मनोरञ्जनको दुनियाँमा पाइला राख्ने परिवारकै पहिलो सदस्य थिइन् । लक डाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा पनि थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार