free website hit counter

किशोरीमाथि सामूहिक बलात्कार, दुई जना समातिए

beemaadmin
२०७७ बैशाख २०, शनिबार

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा उदयपुरको रौतामाई गाउँपालिका ५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा विकले कोठाभित्र पसी जवरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार