free website hit counter

किसान लघुवित्तको नाफामा देखियो सुधार

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड २५ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ११ लाख २६ हजार रुपैयाँ थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा २९.०३ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २०.९७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.८८ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ। यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १२ करोड २० लाखबाट घटेर २ करोड ४७ लाख रुपैयाँमा झरेको छ। जसका कारण खुद नाफा बढ्न पुगेको हो। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ४६ पैसा बढेर २ रुपैयाँ ७० पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४२ पैसा रहेको छ। ५० करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३२ लाख ६९ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ७।८२ प्रतिशत घटेको छ भने कर्जा लगानी ६.१२ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार