free website hit counter

कुमारीका ग्राहकलाई टेस्ला क्लिनिकमा छुट

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत कुमारी बैंकले बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकसँग सम्झौता गरेको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार टेस्ला डायग्नोस्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार