free website hit counter

कुमारीले ल्यायो दशैंको टीकाअघि नै दक्षिणा

beemaadmin
२०८० आश्विन २३, मंगलवार

काठमाडौं । कुमारी बैंकले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो । योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधा असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने जनाएको छ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ इकाइसहितको बृहत् सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार