free website hit counter

कुमारी हलमा सनराइज पपकर्न मेनिया

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । सनराइज बैंकले ल्याएको ‘सनराइज पपकर्न मेनिया’ को उद्घाटन क्यूएफएक्स सिनेमा घर कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार क्यूएफएक्स सिनेमा कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वीस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । क्यूएफएक्स सिनेमा कुमारी हलमा सिनेमा हेर्न आउने दर्शकहरुमाझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।
तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्यूएफएक्स सिनेमा घरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पपकर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार