free website hit counter

कुरियर सेवालाई निर्बाध सञ्चालन हुन दिन माग

beemaadmin
२०७७ श्रावण ४, आईतवार

काठमाडौं । वाणिज्यका प्रत्यक्ष साझेदार कुरियर व्यवसायीहरूका छाता सगंढन नेपाल कुरियर सेवा सघं (कोषान) का अध्यक्ष गोविन्द ढुङ्गेलले एक प्रेस विज्ञप्ति जारी गर्दे, कोरोना सक्रंमण कालमा वाणिज्यलाई लयमा फर्काउन कुरियर सेवाका सवारी साधन देशभरि निर्बाध सञ्चालन हुनुपर्ने सरकारसगं माग राखेका छन् । हाल सरकारी डाक सेवालाई मात्र अत्यावसकिय सेवा अन्तर्गत पूर्ण सञ्चालन गरिएको छ । उनका अनुसार भ्याट अन्तर्गत सम्पूर्ण कुरियर व्यवसायी दर्ता भई सरकारको भ्याट राजस्व असुलीमा सहयोग पु¥र्याउंदै आएको यस क्षेत्रको अन्तरदेशिय सेवा सञ्चालनमा देखिएको प्रशासनिक झमेला यधाशीघ्र हटाउनु पर्ने बताएका छन् । लकडाउन खुकुलो बन्दै जण्नजीवन केही सहज भए पनि कुरियरका सवारी सञ्चालनमा जोर÷बिजोर नियम हटाउन उक्त विज्ञप्तिमा माग राखिएको छ । कुरियर सेवाका सवारी साधनका सहज ढुवानी नहुँदा भन्सार जाँच–पास भई आयात गरिएका औद्योगिक कच्चा पदार्थ उद्योग स्थल सम्म पुग्न पाएको छैन । सरकारी स्तरबाटै सेवा सञ्चालनमा सहयोग नहुँदा देशका पहाडी र दुर्गम स्थानमा औषधि तथा खाद्यान्न अभावको सृजना भएको छ । कोषान अन्तर्गतका सबै व्यवसायीले सरकारी स्वास्थ्य प्रोटोकललाई पूर्ण पालना अनुसार चालक र सह–चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको डिस्इनफेक्सनलाई प्रमुख प्राथमिकता दिइएको अध्यक्ष ढुङ्गेलले जनाएको छ ।
यो समस्याको बारेमा वाणिज्य सचिव वैकुण्ठ अर्यालसगं जिज्ञासा राख्दा कुरियर सेवाको सहज सञ्चालनमा मन्त्रालय सधैँ तयार रहेको बताएका छन् । कुरियर क्षेत्रको सवारी सञ्चालनमा भोग्नु परेका कतिपय समस्याका बारेमा पूर्ण जानकारी नहंदा केही व्यवधान देखिएको उनले जानकारी दिएका छन् । यसबाट औषधि तथा उपभोग्य वस्तु नेपालका केही स्थानमा सृजना भएको अभावलाई यधासिघ्र हटाउन सरकारी स्तरबाट पहल गरिने जानकारी दिए । साथै कहीँ कतै अभावको मौका छोपी कालोबजारी भए उपभोक्ता एन अन्तर्गत कारबाही गरिने बताएका छन् ।

सम्बन्धित समाचार