free website hit counter

कुवेतमा चार नेपालीको ज्यान गयो

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौँ । कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । अलमुतलायामा रहेको ढुङ्गा, बालुवा खानीमा बम विष्फोट गराई ढुङ्गा फुटाउने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो ।
घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए । घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो ।
अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको छ । उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । थप तीनजनाको खोजी कार्य जारी रहेको छ ।
यता, स्टेट मिनिस्टिर फर हाउसिङ अफेयर्स डा। राना अल फारिसले घटनाबारे एक छानविन समिति गठन गरेर जाँच गर्न निर्देशन दिएकी छन् । उनले यसबारे सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारवाही गरिने बताएकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार