free website hit counter

कृषकको सुरक्षा कवज हो कृषि बीमा

beemaadmin
२०७६ भाद्र २८, शनिबार

नुरराज कँडेल

सरकारले कृषकलाई सुरक्षित गर्ने र बाली तथा पशुपन्छी बीमा व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २० बीमा कम्पनीहरुलाई जिम्मेवारी सुम्पिएको छ । पाँचवटा कम्पनीले ३÷३ जिल्लाको जिम्मेवारी पाएका छन् भने बाँकी १५ वटा कम्पनीले ४/४ जिल्ला हेर्ने जिम्मेवारी पाएका छन् । नेपालमा वि.सं. २०६९ साल माघ १ गतेदेखि कृषि बीमा लागू गरिएको छ र कतिपय कृषकहरूले क्षतिपूर्ति पाई पनि सकेका छन् । बीमा पूर्ण सद्विश्वासको सिद्धान्तमा आधारित हुने हुँदा बीमकलाई स्पष्ट घटनाक्रम जानकारी दिनुपर्दछ । प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य क्षेत्रमा गरेको लगानी खेर जाने अवस्थामा जोखिम हस्तान्तरणको सुरक्षित उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम हस्तान्तरण हुन्छ ।

कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । रोगब्याधी, बाढीपहिरो, चट्याङ, असिना आदिले पु¥याएको क्षति बीमाले बहन गर्छ । बीमित पशुपंक्षी अथवा बाली हराएमा वा चोरी भएको अवस्थामा निर्धारित समयभित्र दाबी नगरी समय सकिएपछि दाबी गरियो भने पनि बीमा पाइँदैन ।

किसानले व्यवसायिक रूपमा गरिएको खेती र पशुपंक्षीहरूको विविध कारणले नोक्सानी भएमा, उत्पादन नभएमा, प्रजनन समस्या भएमा, दैवी विपत्ति भई हुने हानि–नोक्सानीको क्षतिपूर्ति दिइनु कृषि बीमाअन्तर्गत पर्दछन् । यसमा बालीहरू, फलफूल, तरकारी, माछा, बाख्रा, गाई, भैंसी, मौरी, हाँस, अष्ट्रिज, भेंडा, चौँरी आदि व्यवसायिक रूपमा पालिएका प्रायः पर्दछन् ।

कृषि बिमाका लागि छुट्याइएका जिल्ला र कम्पनीहरु

बीमा योग्यहितको सिद्धान्तमा आधारित रहेर बीमितको आर्थिक पक्षअनुकूल हुनुपर्दछ । अर्काेमा, बीमा क्षतिपूर्तिको सिद्धान्तमा चल्दछ । यो भनेको बीमितले जतिको बीमा गरेको हुन्छ, त्यति रकम पाउने होइन, मात्र बीमा गरेको सम्पत्तिको क्षति कति भयो, त्यसैलाई भरथेग गर्ने हो । अर्काे हो, बीमामा प्रत्यासनको सिद्धान्त– यो भनेको यदि बीमितले अन्त कतैबाट क्षतिपूर्ति पाएमा त्यसको हक बीमकलाई पनि हुन्छ ।

यदि बीमकले क्षतिपूर्ति तिरेमा वा दोहोरो प्रकारले क्षतिपूर्ति लिन पाउँदैन किनकि बीमा भनेको जोखिम वहन गर्ने हो, व्यापार होइन । त्यसैले बीमितले दोहोरो फाइदा उठाउन पाउँदैन । यदि बीमितले एकभन्दा बढी ठाउँमा बीमा गरेमा सबै बीमा कम्पनी मिले दामासाही रूपमा क्षतिपूर्ति गर्दछन्, जसलाई योगदानको सिद्धान्त भनिन्छ । जब बीमा दाबीयोग्य बन्दछ, तब त्यसको नजिकको कारक तप्त प्रष्ट हुन जरुरी छ । कृषि बीमामा उत्पादनका जोखिमहरू धेरै छन्, जसमा प्रतिकूल मौसम प्रमुख कारण हो । अधिक वर्षा, बाढी, हावाहुरी, सुख्खापन, अधिक ताप, असिना, तुषारो, हिमपात आदि पर्दछन् भने प्राकृतिक स्रोतसँग सम्बन्धित जोखिम अर्काे चुनौती हो, जसमा माटोको गुणस्तरमा स्रोतको कमी हुनु आदि पर्दछन् ।

बाली तथा पशुपंक्षी बीमा

१. बाली बीमा (अन्न, तरकारी आदि) ।
२. पशु बीमा ।
३. पंक्षी बीमा ।
४. माछापालन बीमा ।
५. च्याउ खेती बीमा ।
६. फलफूल खेती बीमा ।
७. मौरीपालन बीमा ।
८. अष्ट्रिज बीमा ।

यसै गरी उपर्युक्त शीर्षकमा बीमा गरिने कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा पनि समावेश गर्न थालिएको छ । कृषकलाई दुर्घटनाको कारणले कृषि उपजमा बाधा उत्पन्न भएमा यसले आर्थिक सुरक्षा प्रदान गर्दछ । यसरी वि.सं. २०७४।०९।२० सम्मको तथ्याङ्कमा बिक्री गरिएको बीमा लेख र बीमा शुल्कको विवरण यस प्रकार छ–

० तरकारी बीमामा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० बीमा शुल्क बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अलैँची बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अन्न बाली बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० बेसार बाली बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० मौरी बीमा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० केरा, उखु बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० माछापालन बीमाङ्कको २ प्रतिशत प्रतिबाली ।
० माछा पोखरी बीमाङ्कको १ प्रतिशत प्रतिबाली ।
० स्याउ (मौसमी सूचकाङ्कमा आधारित) बीमाङ्कको ८ प्रतिशत प्रतिबाली ।
० पशु बीमा बीमाङ्कको ५ प्रतिशत प्रतिबाली ।
० अष्ट्रिच बीमाङ्कको २ प्रतिशत प्रतिबाली ।
० ब्रोइलर कुुखुरा बीमाङ्कको १.२५ प्रतिशत प्रतिबाली ।

यसरी उल्लेखित बीमा शुल्क रकममा नेपाल सरकारले कृषकलाई अनुदानस्वरूप ७५ प्रतिशत बीमा शुल्क सरकारले तिरिदिन्छ भने २५ प्रतिशत मात्रै कृषक आफैँले बेहोर्नुपर्दछ । यसरी कुनै पशुपंक्षी वा बालीको बीमा गर्दा बीमा शुल्क रू. ५०००।– लाग्ने भएमा नेपाल सरकारको अनुदान रू. ३७५०।– (७५ प्रतिशत) र कृषकले बेहोर्ने रू. १२५०।– (२५ प्रतिशत) पर्दछ ।

जोखिमको प्रकार
पशु बीमाको जोखिम वहन एक वर्षको हुन्छ भने पंक्षी बीमाको सिजन वा एक वर्षको हुन्छ भने बाली बीमाको एक बाली वा एक वर्षको हुन्छ ।
कृषि बीमामा सामान्यतया निम्न जोखिमबाट क्षति भएमा पूर्ति गरिन्छ वा रक्षावरण गर्दछ

१. भूकम्प ।
२. पहिरो–भू–स्खलन ।
३. बाढी, डुवान, खडेरी ।
४. आगलागी, चट्याङ ।
५. कीराहरू तथा रोगबाट भएको हानि–नोक्सानी ।
६. हिउँ, तुषारो, असिना, आँधिबेहरी ।
७. आकस्मिक दुर्घटना जस्ता बाहिरी कारणहरू ।
यसरी उल्लेखित कारणहरूबाट कृषि उपजहरूको क्षति हुन गएमा वा हानि–नोक्सानी भएमा बीमा कम्पनीले बेहोर्दछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार