free website hit counter

कृषि, पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तर्क्रिया सम्पन्न

beemaadmin
२०८२ मंसिर १८, बिहीबार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको पैयू गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमासँगै कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा सम्बन्धी जानकारी दिएका थिए । उक्त गाउँपालिकाको उपाध्यक्ष याम कुमारी रानाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन युनाइटेड अजोड इन्स्योरेन्स पर्वतका शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । सो कार्यक्रममा पैयू गाउपालिकाका करिब ७० कृषकहरुको उपस्थिति थियो । सोही कार्यक्रममा पशु बीमा गरेका कृषकलाई खादा ओडाएर पोलिसी हातैमा दिएर सम्मान गरिएको थियो । आफुले पोलिसी किन्दा कम्पनीले सम्मान गरेको देख्दा कृषहरु खुशी हुँदै कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार