free website hit counter

केवाइसी अद्यावधिक गर्न सिटिजन लाइफको बीमितलाई आग्रह

beemaadmin
२०८३ असार ११, बिहीबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ।

कम्पनीले बिहीबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार सबै विद्यमान बीमितहरूको केवाइसी विवरण अद्यावधिक गर्न आवश्यक रहेको जनाएको हो।

सूचनाअनुसार बीमितहरूले राष्ट्रिय परिचयपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आफ्नो नजिकको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई ग्राहक पहिचान फाराम भरेर केवाइसी अद्यावधिक गराउनुपर्नेछ।

Advertisement
Advertisement

कम्पनीले विभिन्न कारणले कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकहरूका लागि वैकल्पिक व्यवस्था पनि गरेको छ। त्यस्ता ग्राहकहरूले कम्पनीको वेबसाइटबाट ग्राहक पहिचान फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर कम्पनीको ग्राहक सेवा तथा संरक्षण विभागको इमेलमार्फत पठाउन सक्नेछन्।

सिटिजन लाइफले बीमित ग्राहकहरूलाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा नियामकीय व्यवस्था पालना गर्न समयमै केवाइसी अद्यावधिक गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार