free website hit counter

कोरानासँग लड्ने क्षमता वृद्धिगर्न विज्ञको यस्तो सल्लाह

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् | त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो | रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ | रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन |

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ |
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं | हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ | खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं | भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ |
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ | खेल खेल्ने बानी बसालौं |
३. घाममा बसौं |
४. नियमित अनुलोम / विलोम गरौँ | यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ |
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं |
६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ |
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ |
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ |
९. पर्याप्त मात्रामा सुतौं |
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ |
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ |
१२. दिल खोलेर हाँस्ने गरौँ |
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ |
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ |
१५ . सरसफाइमा अल्छी नगरौं |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार