free website hit counter

कोरोनाका कारण चीनमा ८० जनाको मृत्यु

beemaadmin
२०७६ माघ १३, सोमबार

एजेन्सी । कोरोना भाइसरको महामारी फैलिँदा चीनमा मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको हुवेई प्रान्तमा मात्र ७६ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका विभिन्न शहरमा थप ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
२ हजार ७ सय ४४ मानिस कोरोनाको संक्रमणपछि अस्पतालमा उपचारारत छन् भने झण्डै ६ हजार मानिसलाई संक्रमण भएको आशंका गरिएको छ । ३० हजार मानिसलाई प्रत्यक्ष निगरानीमा राखिएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मानिसबाट मानिसमा सर्ने यो भाइरस सबै भन्दा घातक मानिएको छ ।
कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको हो ।
बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिँदै गएको तथा संसारभर फैलदै गएको छ । अहिलेसम्म दुई दर्जनभन्दा बढी देशमा कोरोना देखिएपछि संसारभर सतर्कता अपनाइएको छ ।
स्वास–प्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिँदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार