free website hit counter

कोरोनाका कारण युरोपमा एक व्यक्तिको मृत्यु

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौँ । चीनमा महामारिका रुपमा फैलिएको र विश्वलाई नै आतंकित बनाएको नोवेल कोरोना भाइरसका कारण युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एकजनाको मृत्यु भएको हो । फ्रान्स घुम्न पुगेका चीनको हुबेइ प्रान्तका ८० वर्षका व्यक्ति रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एसिया बाहिर पहिलोपटक कोरोनाका कारण व्यक्तिको मृत्यु भएको घटना हो यो । ती व्यक्ति नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको हुबेइबाट जनवरी १६ मा फ्रान्स पुगेका थिए । उनलाई जनवरी २५ देखि अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो । योसँगै चीनबाहिर चार जनाको ज्यान गएको छ । नोवेल कोरोना भाइरसका कारण चीन बाहिर हङकङ, फिलिपिन्स, जापान तथा फ्रान्समा एक–एक जनाको मृत्यु भएको हो ।
यसैबीच चीनको स्वास्थ्य संगठनले आइतबार प्रदान गरेको पछिल्लो जानकारी अनुसार हुबेइमा थप १३९ जनाको मृत्यु भएको छ । चीनमा नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय भन्दा बढी पुगेको छ । आइतबार दिइएको जानकारी अनुसार हुबेइमा थप १८ सय ४३ जनामा नयाँ संक्रमण देखिएको छ । चीनमा अहिलेसम्म ६८ हजार भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण पुष्टि भएको छ । चीन बाहिर २६ देशमा ५०० जना भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण भएको छ । संक्रमण नियन्त्रणका लागि खटिएका १७ सय १६ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । अहिलेसम्म नोवेल कोरोनाका कारण ६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार