free website hit counter

कोरोनाका कारण रोकियो एनएलजीको हकप्रद निष्काशन

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

काठमाडौं । मुलुकमा आइपरेको विषम परिस्थितिका कारण एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद स्थगित भएको छ । कम्पनीले कोरोना भाइरसका करण लगानीकर्ताहरुको हितलाई मध्येनजर गरी परिस्थिति सहज भए पश्चात हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको हो । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तर ११ गतेदेखि लकडाउन लागु पछि कम्पनीले हकप्रद भर्ने म्याद चैत २७ गते सम्म थपेको थियो । यस अवधिमा पुन लकडाउन बढेपछि कम्पनीले परिस्थिति सहज भए पश्चात आवश्यकता हेरी थप निर्णय गरिने जनाएको हो ।
कम्पनीले १० बराबर ६ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यमा कुल ३८ लाख ४२ हजार ४३७।५० कित्ता हकप्रद शेयर निष्काशन विक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले माघ २७ गते बुकक्लोज गरेको थियो ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार