free website hit counter

कोरोनाका कारण १.५ मिटर टाढैबाट यौन सम्बन्ध

beemaadmin
२०७७ माघ २, शुक्रबार

एजेन्सी । कोरोनाबाट बच्न स्वास्थ्यसम्बन्धी मापदण्ड बेला बेलामा फरक फरक तरिकाबाट आइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बचेर यौन सम्बन्ध राख्नका लागि सुझाव दिने क्रममा अस्ट्रेलिया सरकारले निकै विचित्र सुझाव दिएपछि त्यहाँका मानिसहरु टाउको ठोक्न बाध्य भएका छन् । न्यू साउथ वेल्सको स्वास्थ्य वेबसाइट प्लेसेफका यी सुझाव देखेर मानिसहरु जिल्ल परेका छन् । सुझाव दिने क्रममा मानिसहरुलाई कोरोनाबाट बच्नको लागि यौन सम्बन्धका क्रममा १।५ मिटरको दूरी कायम गर्न भनिएपछि मानिसहरु टाउको ठोक्न बाध्य भएको डेलीमेलको समाचारमा उल्लेख छ ।
हद त त्यतिबेला भयो जब मानिसहरुलाई एक्लै यौन सम्बन्ध राख्न सल्लाह दिइयो । नयाँ गाइडलाइनमा पहिलेदेखि साथमै बस्दै आएको पार्टनरसँग यौन सम्बन्ध राख्दा डराउनु पर्ने स्थिति नभए पनि क्याजुअल सेक्स गर्नेहरुले भने सतर्कता अपनाउनुपर्ने भन्दै विभिन्न सुझाव दिइएको छ । कोभिड १९ संकटका बेला सबैभन्दा सुरक्षित यौन सम्बन्ध भनेको एक्लै यौन सम्बन्ध राख्नु भएको वेबसाइटमा उल्लेख छ ।
विज्ञहरुले यौन साथीहरुले आपसी हस्तमैथुन समेत गर्न सक्ने सल्लाह दिएका छन् । यसबाहेक पार्टनरको अगाडि निश्चित दूरी राखेर आफैंले आफूलाई यौनसुख दिने क्रियाकलाप गर्न पनि सुझाव दिइएको छ । यो यौन संक्रामक रोगबाट बच्ने र अनिच्छित गर्भधारणबाट बच्ने उपाय समेत हुन सक्ने भनिएको छ । यौन सम्बन्धका क्रममा ३ लेयरको मास्क लगाउन पनि भनिएको छ । यसबाहेक हट मसाज र फोन सेक्सको समेत सुझाव दिइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार