कोरोना भाइरसको संक्रमण भएपछि कस्तो लक्षण देखिन्छ रु सुरुवाती क्षण अर्थात चीनको वुहानमा यसको संक्रमित बढ्दै जाँदा प्राय एकै किसिमको लक्षण देखिएको थियो । जस्तो कि, रुघा लाग्ने, खोकी लाग्ने, उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने । तर, जति जति यो भाइरस फैलिदै गयो, यसको लक्षणमा पनि एकरुपता देखिएन । कोरोना संक्रमितहरुको भनाई अनुसार उनीहरुमा बेग्ला बेग्लै किसिमको लक्षण देखिएको थियो । कसैलाई जोर्नी तथा शरीर दुख्ने, कसैलाई उच्च ज्वरो । कतिपयलाई भने कुनैपनि लक्षण नै देखिएन । जस्तो हामीकहाँ पनि धेरैजसो संक्रमितमा कुनै लक्षण देखिएको छैन ।
बेलायतमा कोरोना भाइसरका बिरामीहरुमा भिन्न लक्षण देखिएका थिए । बिरामीहरुले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए, कतिसम्म भने उनीहरुले आफ्नो छाती तथा ढाडमा हात राख्दा अत्यधिक तातो महसुस हुन थालेको थियो ।
कोभिड–१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ समस्या हो । त्यसैले विश्वभरका चिकित्सा विशेषज्ञहरुले यसका बारेमा नयाँ नयाँ जानकारी संकलन गरिरहेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का रिपोर्ट अनुसार, यदि यो बिरामीको क्रममा कुनै पनि व्यक्तिको शरीरको तापमान १ सय दशमलव ४ (१००.४) डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेल्सियस हुन्छ, साथै खोकी र सास फेर्न पनि गाह्रो भैरहेको छ भने त्यस्ता व्यक्तिहरुले घरबाट बाहिर निस्कनै हुँदैन । साथै अन्य मानिसहरुबाट करिव ६ फिटको दुरीमा मात्र रहनु पर्छ ।
सबैभन्दा सामान्य लक्षण
कोरोना भाइरस–२ बाट ग्रसित व्यक्तिमा ज्वरो, थकान तथा सुख्खा खोकि लाग्नु सबैभन्दा सामान्य लक्षणहरु हुन् । यद्यपि, केही बिरामीहरुमा नाकबाट पानी बग्नु, घाँटीमा सूजन हुनु तथा दुख्नु, नाक बन्द हुनु अथवा नाकबाट सास फेर्न गाह्रो हुनु, शरीरमा सियोले घोचे जसरी पीडा हुनु तथा पखलाको समस्या पनि समावेश छन् ।
८० प्रतिशत घटना सामान्य
कोभिड–१९ बाट संक्रमितमध्ये धेरैजसो सामान्य देखिएका छन् । उनीहरुलाई सामान्य चिसो लागेको जस्तो मात्र अनुभव हुन्छ । उनीहरुलाई उपचारको खाँचो पनि पर्दैन । कतिपपय अवस्थामा त ति संक्रमितहरुलाई आफुमा कोरोना संक्रमण भएको थाहा पनि हुँदैन ।
जसलाई जोखिम छ
कोरोना संक्रमितमध्ये धेरैजसो निको भएर घर फर्केका छ । कतिपयले भने ज्यान नै गुमाउनु परेको छ । हरेक ६ मध्ये एक व्यक्तिमा कोरोनाको प्रभाव निकै नै गंभिर स्तरसम्म पुग्छ । यो स्थिति खासगरी त्यस्ता बिरामीहरुमा देख्न सकिन्छ, जो पहिलादेखि नै कुनै गम्भिर बिरामीबाट पीडित छन् । जस्तो मुटुका बिरामी, ब्लड प्रेशरका बिरामी, मधुमेहका बिरामी, दमका बिरामी, क्यान्सरका बिरामी आदि । बुढापाका र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरु यो रोगको शिकार भएका छन् ।
निको हुने सम्भावना रोग प्रतिरोधक क्षमतामा निर्भर
कोविड–१९ एउटा भाइरल निमोनिया भएकाले यसका बिरामीहरुलाई कुनै पनि प्रकारको एन्टिबायोटिक ट्याब्लेटले काम गर्दैन । फ्लूमा दिइने एन्टिभाइरल ड्रगले पनि यो बिरामीमा काम गर्दैन । अहिलेसम्म यो बिरामीको कुनै पनि खोप तयार भैसकेको छैन । यस्तो अवस्थामा यो रोगबाट छुटकारा पाउने कुरा बिरामीको रोग प्रतिरोधक क्षमतामा नै निर्भर गर्छ । संक्रमित भइसकेपछि लक्षण अनुसारको उपचार गरिन्छ । प्रतिरक्षा क्षमता बलियो बनाउने खानपान वा जीवनशैली अपनाउन लगाइन्छ ।
नेशनल हेल्थ सर्भिसको सल्लाह
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह के छ भने जो सुकै व्यक्तिलाई माथि उल्लेखित लक्षणहरु देखा प¥यो भने ती व्यक्तिले कम्तिमा ७ दिनसम्म घर भित्रै बस्नु पर्छ । त्यसक्रममा परिवारका सदस्यहरुसंग समेत ती व्यक्तिले एउटा दुरी बनाउनु पर्छ । यदि तपाईं परिवारसंग बसिरहनु भएको छ भने तपाईंले कम्तिमा १४ दिनसम्म घर भित्रै बस्नु पर्छ ।
यस्तो अवस्थामा स्वास्थ सहायता
यदि तपाईंको शरीरमा बिरामीको लक्षण ७ दिनपछि नै देखा पर्यो भने पनि तपाईंले तत्काल स्वास्थ सहायता लिनु पर्छ । कोभिड–१९ बाट ग्रसित बिरामीहरुमध्ये मृत्यु हुने मानिसहरुको संख्या जवान व्यक्तिहरुमा एक प्रतिशतभन्दा पनि कम हुन्छ । जबकि वृद्ध–वृद्धा अथवा अन्य बिरामीसंग जुधिरहेका व्यक्तिहरुमा यो संख्या तीन प्रतिशत भन्दा बढी छ ।
फ्लू र कोभिड–१९ बाट मुक्ति
सिजनल फ्लूमा बिरामीबाट मृत्यु हुने मानिसहरुको संख्या एक प्रतिशतभन्दा कम हुन्छ । त्यही पनि त्यस्ता मौसमी विरामीहरुबाट हरेक वर्ष विश्वमा करिव चार लाख मानिसहरुको मृत्यु भैरहेको हुन्छ । मौसमी फ्लू तथा कोभिड–१९ मा एउटा ठूलो अन्तर के छ भने यो बिरामीको कुनै खोप बनेको छैन ।
तापक्रम नाप्ने बेलामा ध्यान दिने कुराहरु
यदि तपाईंले खाना खानु भएको छ, कुनै पेय पदार्थ पिउनु भएको छ, नृत्य, व्यायाम गर्नु भएको छ भने ती गतिविधिहरु गरेको कम्तिमा आधा घण्टापछि नै आफ्नो शरीरको तापमान परीक्षण गर्नु होला । यदि तपाईं पारासिटामोल, आईब्रूफिन, एस्पिरिन जस्ता कुनै औषधि सेवन गरिरहनु भएको छ भने तपाईंले ती औषधि सेवन गरेको छ घण्टापछि शरीरको तापमान परिक्षण गर्नु पर्छ ।