free website hit counter

कोरोनाको औषधि पत्ता लगाएको राष्ट्रपति ट्रम्पको दावी

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

एजेन्सी । सारा विश्व अहिले कोरोनासँगको युद्धमा छ । ठूला ठूला वैज्ञानिकहरु कोरोनाविरुद्धको औषधि पत्ता लगाउने होडबाजीमा छन् । तर विज्ञानलाई चुनौती दिँदै कोरोनाको आतंक उस्तै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् । उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् । ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार