free website hit counter

कोरोनाको औषधी आफैंमाथि परीक्षण गर्दा डाक्टरको मृत्यु

beemaadmin
२०७७ बैशाख २८, आईतवार

एजेन्सी । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको अभियानमा छन् । विज्ञानलाई चुनौती दिँदै अघि बढेको कोरोना विरुद्धको औषधि बनाउने र परीक्षण गर्नेक्रम जारी नै रहेको छ । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो ।भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो ।स्रोतका अनुसार कोरोना भाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए । औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार