free website hit counter

कोरोनाबाट ज्यान गुमाउनेको पन्ध्र सय नाघ्यो

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । चीनको हुवावे प्रान्तमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पन्ध्र सय नाघेको छ । हालसम्म एक हजार ५ सय २६ जनाले यो भाइरससँग पराजय व्यहोरेका छन् । यो भाइरसका कारण संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ ।

कोरोना भाइरसका कारण शुक्रबार मात्रै चीनमा १३९ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५२३ मध्ये एक हजार एक सय २३ हुबेईकै मात्रै भएको जनाइएको छ । शुक्रबार चीनमा थप दुई हजार ६४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये ६६ हजार ४९२ संक्रमित चीनकै छन् । त्यस्तै आठ हजार १४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार