free website hit counter

कोरोनाबाट मृतकको संख्या ४ हजार नाघ्यो (कहाँ कति ?)

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको बुहान प्रान्तमा संक्रमणदर घट्दै जाँदा विश्वका झण्डै १ सय देशमा कोरानाको संक्रमण पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ । संक्रमित भएका १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो । इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखे पनि कोरोनाभाइरसको महामारी अझ बढेपछि इटाली सरकार चिन्तित बनेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ । यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०र३० जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतक हुनेको संख्या २६ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार