free website hit counter

कोरोनाबाट ३ हजार बढीकाे मृत्यु (कुन देशमा कति)

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

एजेन्सी। विश्व अर्थतन्त्रलाई धरासायी बनाउँदै लगिरहेको कोरोना संक्रमणका कारण विकसित मुलुकहरु समेत संकटमा पर्न थालेका छन् । चीनबाट शुरु भएको कोरोना संक्रमण अहिले विश्वका पाँच दर्जन देशमा पुगिसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ३ हजार १ सय २५ पुगेको छ। कोरोना भाइरसको संक्रमित संख्या चीनमा घट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दै गएको छ।

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ। यस्तै, दक्षिण कोरियामा ३४, इटालीमा ५२, इरानमा ६६, जापानमा ६, फ्रान्समा ३, अमेरिकामा ६, हङकङमा २ र थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक(एक जनाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ।

सोमबारमात्र ६ सय २ जना मा कोरोना भाइरसका संक्रमण देखिएको छ। विश्वभरि हालसम्म ९० हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये ३ हजार १ सय २५ जनाको मृत्यु भएको हो। हालसम्म संक्रमितमध्ये ४८ हजार १ सय २९ जना उपचार पश्चात स्वास्थ्य लाभ गरेका छन्।

हालः विश्वभर ३९ हजार ६ सय ६६ जना कोरोना भाइरसका संक्रमित विश्वका विभिन्न अस्पतालमा उपचारत छन्। यीमध्ये ३२ हजार ५ सय ७२ जनाको अवस्था सामन्य छ भने ७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ। हालसम्म विश्का ७६ देश तथा भूभागमा कोरोना भाइरसका बिरामी भेटिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार