free website hit counter

कोरोनाभन्दा खतरनाक भाइरस कुखुराबाट फैलिने वैज्ञानिकले दिए चेतावनी

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

एजेन्सी । प्रकृतिलाई चुनौती दिँदै उत्पादन गरिएका वस्तुहरु मानव स्वास्थ्यका लागि हानिकारक छ । तरकारी होस् या मासुजन्य वस्तु । अहिले छिटो उत्पादनका नाममा विभिन्न रसायनको प्रयोग गर्ने गरिएकोछ । यही बेला अमेरिकाका चर्चित वैज्ञानिकले निकै डरलाग्दो चेतावनी दिएका छन् । वैज्ञानिक माइकल ग्रेगरले भनेका छन्, कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ । मानिसहरुलाई केवल शाकाहारी खाना खान सल्लाह दिने वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताब ‘महामारीको क्रममा कसरी बच्ने’ (हाउ टु सर्भाइभ अ प्यान्डेमिक) मा भनेका छन् कि ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको छ । ग्रेगरका अनुसार कुखुरा फार्मबाट निस्किने भाइरस यतिसम्म खतरनाक हुनेछ कि आधा विश्व खतरामा पर्नेछ । यद्यपि माइकल ग्रेगरको भविष्यवाणीसँग सम्बन्धित कुनै प्रमाण सार्वजनिक गरिएका छैनन् । अन्य कुनै वैज्ञानिकले पनि उनको दावीको पुष्टि गरेका छैनन् । तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्न गरिरहेको छ । अहिलेसम्मको जानकारीका आधारमा कोरोनाभाइरस पनि चमेराबाट मानिसमा फैलिएको मानिएको छ । चीनको वुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको छ । डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी छ कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतरा कोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ र यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ । यो खतराबारे विश्वका अन्य कुनै वैज्ञानिकले पुष्टि गरेका छैनन् तर कोरोनाभाइरस फैलिएपछि भने जंगली जनावरको बजार बन्द गर्न माग उठिरहेको छ । ग्रेगरले भने अब प्रश्न ‘यदि’ महामारी आयो भने, भन्ने नभइ महामारी ‘कहिले’ आउँछ भन्ने भएको बताएका छन् ।

डेली मेलको रिपोर्ट यहाँ हेर्नुहोस्

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार