free website hit counter

कोरोनाले बीमीतसँग नजिक हुने मौका दियो

beemaadmin
२०७७ श्रावण १७, शनिबार

० कोरोना कहर (कोभिड–१९) ले नेपालको समग्र बीमा बजारलाई कस्तो प्रभाव पारेको छ ?
– सर्वप्रथम त राज्यले सम्मानपूर्वक बीमालाई अत्यावश्यक सेवा भनी पहिचान गर्ने सुवर्ण मौकाचाहिँ कोभिड १९ ले दियो । जसले गर्दा बीमकहरुले महामारीलाई बिर्सेर यससँग भिड्दै गर्दै सुरक्षात्मक उपायहरु अपनाइ निरन्तर सेवा दिइरहे । अन्य व्यापार व्यवसायलाई जे–जस्तो असर परे पनि निर्जीवन बीमा व्यवसायलाई तुलनात्मक रुपमा असर कम देखियो । यस्तो असहज परिस्थितिमा पनि आकार, क्षेत्र, दायरा, विस्तार भइरहेको छ । समग्रमा बीमा व्यवसायलाई कोभिड १९ ले बिमितसँग नजिक हुने र बीमाको महत्त्व बुझ्ने बुझाउने अवसर मिलेको छ ।

० कोभिड १९ ले पार्ने नकारात्मक प्रभाव कम गर्न के कस्ता कदम चाल्दै हुनुहुन्छ ?
– यसले मानवीय जीवन र मृत्युसँग प्रत्यक्ष सम्बन्ध राखेको हुनाले मान्छेहरु त्रसीत छन् । मान्छेको जीवन अर्थतन्त्र भन्दा माथिको कुरा हो । धनको क्षतिपूर्ति भविष्यमा पनि गर्न सकिन्छ तर जीवनको सकिँदैन। त्यसैले हामी वैज्ञानिक ढंगले प्रविधिमैत्री बन्दै अगाडि बढ्दैछौं ।

० कोभिड १९ बीमालेखको आकर्षण निकै देखियो कारण के होला?
– प्रत्येक व्यक्तिलाई यसको आवश्यकता र औचित्य छ । अधिकांश व्यक्तिहरुले यसको महत्व बुझेर नै यस बीमामा आकर्षित भएको देखियो । कम बीमा शुल्कले बढी जोखिम बहन गर्नाले यसको आकर्षण बढेको हो । यसमा बीमकलाई पनि कम जोखिम हुन्छ किनकि यस बीमामा दोहोरो क्षतिपूर्ति नदिइने हुनाले र क्षतिको जोखिम सबै बीमाले व्यहोर्छ छन् । यसलाई कन्ट्रिब्युसनको सिद्धान्त भनिन्छ । यसमा मेरो व्यक्तिगत अनुरोध पनि छ कि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु यसको दायरामा आउनुपर्दछ र सुरक्षित हुनुपर्दछ ।

० कारोबार बढाउने नाममा बीमा कम्पनीहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिए भन्ने आरोप छ नि ?
– सकारात्मक प्रतिस्पर्धा आजको आवश्यकता हो र सबैले बुझेका पनि छन् ।

० सबै आर्थिक क्रियाकलाप कम भएको बेला बीमा क्षेत्रको व्यवसाय विस्तार सम्भव छ ? असहज अवस्थामा बजार विस्तारका लागि के–कस्ता रणनीति बनाउँदै हुनुहुन्छ ?
– यो अत्यावश्यक छ, दुर्घटना र सुरक्षामा केन्द्रित हुनाले आवश्यकताअनुसारको सुरक्षाका नीतिहरु हुनुपर्दछ र व्यवसाय विस्तार पनि गर्न सकिन्छ ।

० निर्जीवन बीमामा अभिकर्ताको आकर्षण किन नभएको होला ?
– हामीले अभिकर्तालाई आकर्षित गर्न सकेका छैनौं । किनभने यो अलि बढी प्राविधिक र कम प्रतिफल पूर्ण भएकोले हो ।

० निर्जीवन बीमामा बढी आकर्षण कुन क्षेत्रमा देखिन्छ ?
– कृषि, धनसम्पत्ति, तेस्रो पक्ष दायित्व र स्वास्थ्य बीमा क्षेत्रमा बढी आकर्षण देखिन्छ । यसमा पनि कृषि बीमा कृषकको निकै आवश्यकताको कुरा पनि थियो । यसैको उपजले गर्दा बढी आकर्षण कृषिमा देखिन्छ ।

० अन्त्यमा पाठकलाई के सन्देश दिनुहुन्छ ?
– बीमा दुःखको साथी हो । सुखमा सबै साथमा हुन्छन् तर बीमा मात्र त्यस्तो व्यवसाय हो जो दुःखको साथी, आशा र भरोसा पुर्नस्थापना तथा पुर्ननिर्माण हो । कहिल्यै नबिर्से र आफ्नो जीवन, घर–सम्पत्ति बीमा गरी सुरक्षित रहनुहोस् । विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) कोभिड १९ मापदण्डअनुसार सुरक्षित उपाय नै सुरक्षित रहन अनुरोध गर्दछु ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार