free website hit counter

कोरोनासँग लड्न जापानले गर्यो २ खर्ब ७० अर्बको राहत घोषणा

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

टोकियो । कोरोनाको संक्रमण दिनदिनै भयावह बन्दै जान थालेपछि जापान सरकारले कोरोना भाईरससँग जुध्न २ खर्ब ७० अर्ब जापानी येनको आपतकालिन राहत कोषको घोषणा गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले शनिवार पत्रकार सम्मेलनमा बोल्दै राहत कोषको घोषणा गरेका हुन् । विरलै गरिने पत्रकार सम्मेलनका क्रममा आवेले हागामी दुई साता कोरोना भाईरससँग जुध्न महत्वपूर्ण संक्रमणको समय भएको भन्दै सबैसँग सहयोगको आग्रह समेत गरेका छन् ।

ठूला तथा धेरै मानिस जम्मा हुने कार्यक्रम तत्कालको लागि स्थगित गर्न अनुरोध गर्दै प्रधानमन्त्री आबेले सोमबारबाट विद्यालयहरु बन्द गर्न गरेको आव्हानलाई समेत दोहोर्याएका थिए । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले सक्दो प्रयास गरिरहेको र यसमा आम नागरिकको सहयोग अत्यावश्यक रहेकोले साथ दिन आबेले अनुरोध गरे ।

घोषणा गरिएको नयाँ राहत बजेटबाट विद्यालय बन्द हुँदा बालबालिका हेरचाहमा घरमै बस्नुपर्ने भएका परिवारलाई समेत आर्थिक सहयोग गरिने भएको छ । आपतकालिन राहतकोषबाट १० दिन भित्रमा सहयोग रकम जारी हुने बताईएको छ ।  जापानमा शनिवारसम्ममा ९ सय ५३ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय ११ जना योकोहामा तटको डाईमण्ड प्रिन्सेस पानी जहाँजमा रहेकाहरु हुन् ।

यसैगरि सो पानी जहाँजका ४ र अन्य ५ जना समेत गरि ९ जनाले ज्यान गुमाएका छन् । उपचारपछि ४१ जनाले स्वास्थ्यलाभ गरेको र उपचाररत २० जनाको अवस्था चिन्ताजनक रहेको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार