free website hit counter

कोरोना कहर र मैमत्त स्वास्थ्यमन्त्री

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

प्रतिबन्धित सभामा देशको स्वास्थ्यको जिम्मेवारी लिएर बसेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जनतालाई अपहेलित हुने किसिमको अभिव्यक्ति दिएपछि त्यसको चर्चा परिचर्चा शुरु भएको छ । प्रसुतीगृहको वार्षिक सभामा बोल्दै मन्त्री ढकालले अब विगतमा पिपिइको गित गाउनेहरु अब त्यो माग पूरा भएपछि औषधि र भ्यान्टिटेलको गीत गाउन थालेको भन्दै कडा आक्रोश व्यक्त गरेका छन् । आफैं सम्मिलित क्याविनेट र सीएमसीको बैठकले सभा, सम्मेलन, भेला, जुलुस जस्ता जमघटयुक्त कार्यक्रमहरु नगर्न जनताका नाममा फर्माइस जारी गरे पनि मन्त्री आफैं भने त्यस्तो कार्यक्रममा सहभागी भएपछि आलोचनाको पात्र बन्न पुगेका हुन् ।

कोरोना कहर शुरु भएदेखिनै मन्त्री ढकालको कार्यशैलीलाई लिएर विभिन्न आलोचना र टिकाटिप्पणी हुँदै आए पनि त्यसको चित्तबुझ्दो जवाफ दिनुको साटो आक्रोश र आलोचनाकै शैलीमा मन्त्री प्रस्तुत हुनुले सरकार कोरोना कहरप्रति कति जिम्मेवार छ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । औषधि खरिद प्रकरण होस् या कोरोना नियन्त्रणका लागि मन्त्रालयबाट चालिएका कदम हुन् या बेमौसममा सचिवलयातका कर्मचारी सरुवा गरेर बदनामी कमाएका मन्त्री ढकालको कार्यशैलीप्रति मन्त्रि परिषद्का अन्य सदस्यहरु समेत सन्तुष्ट छैनन् । आफ्नै कार्यकालमा तीन सचिव, तीन महानिर्देशक व्यहोरेका मन्त्री ढकालको मन्त्रालय छोटो समयमा सबैभन्दा बढी कर्मचारी सरुवा गर्ने मन्त्रालयको रुपमा चिनिएको छ । आफ्नै निजी सचिव समेत दुई जना व्यहोरीसकेका ढकालले विभाग र मन्त्रालय लगायत अन्य निकायमा आफ्नै स्वार्थका कर्मचारीहरुको सेटिङ मिलाइसकेका छन् ।

खारेज भइसकेको विकास समितिलाई ब्यूताएर समेत थप बदनामी कमाएका मन्त्री ढकालले सिंहदरबार वैद्यखाना र आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरलाई विकास समितिमा लैजाने निर्णय मन्त्रिपरिषद्बाट गराएर आफ्ना व्यक्ति निुक्ति गर्ने योजनामा छन् । मुलुक कोरोना कहरमा रहेका बेला मन्त्री ढकालको ध्यान भने कर्मचारी सरुवा, ठेक्का पट्टालगायतका आम्दानी युक्त काममा जान थालेपछि मन्त्रालयका कर्मचारीहरु समेत आश्चर्यमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपत्र आफू भएको भन्दै कसैले केही गर्न नसक्ने भन्दै जे गर्न पछि छूट पाएका उनको अनैतिक कामले सिमा नाघ्दै गएको छ । कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्ने, अस्पतालको शैया विस्तार गर्ने, भ्यान्टिलेटर थप गर्ने, आइसोलेसन बेड थप गर्ने, स्वास्थ्यकर्मीका सुरक्षा सामग्रीहरु यथेस्ट मात्रामा पुर्याउने लगायतका कुरामा मन्त्री ढकालको ध्यानै गएको छैन ।

उनको अहिलेको गतिविधि हेर्दा स्वास्थ्य मन्त्रालय अहिले लगाम बिनाको घोडा जस्तो भएको छ । जनस्वास्थ्य विज्ञ र चिकित्सकहरुको कुरै नसुन्ने ढकाल आफू निकट कर्मचारी र ठेकेदारहरुले दिएको सुझावलाई आत्मसाथ गर्दा मुलुक कोरोना नियन्त्रणमा असफल हुँदै गएको छ । यस्ता असफल मन्त्रीले प्रसुती गृहको कार्यक्रममा गएर आलोचना गर्नेहरुको खिल्ली उडाउँदै आफ्नो कुण्ठा पोखेका छन् ।

मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर विषय परिस्थितिको मूल्याकन गर्दै संयमित ढंगबाट अगाडि बढ्नु पर्ने बेलामा आफ्नो प्रसंसा नगर्नेहरु सबैलाई सत्रु देख्नु भनेको असनको मैमत्त साढेको जस्तो व्यहार भएको राजनीतिक वृत्तमा चर्चा भएको छ । कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने हो भने मन्त्री ढकालले आफ्नो चरित्रलाई सुधार्दै मन्त्रालयका कर्मचारी, जनस्वस्थ्य विद् र सरोकारवालाहरुले दिएको सुझावलाई आत्मसाथ गरेर अघि बढ्नुको विकल्प छैन ।

(लेखक नेपाली काँग्रेसका युवा नेता हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार