free website hit counter

कोरोना खोप लगाउने हो ? काठमाडौंमा यहाँ छन् केन्द्र

beemaadmin
२०७७ फाल्गुन १९, बुधबार

काठमाडौं । फागुन २३ गतेबाट सुरु हुने दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउने अभियानमा काठमाडौं महानगरपालिकामा १५ वटा खोप केन्द्र तोकिएको छ । माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत फागुन २३ गतेबाट दोस्रो चरणको कार्यक्रम सञ्चालन हुँदैछ ।

उक्त खोप कार्यक्रममा ५५ वर्षभन्दा माथिमा नागरिक, महाविद्यालय,विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक, सह–चालकहरुलाई खोप दिइनेछ । उक्त कार्यक्रम फागुन २८ गतेसम्म चल्नेछ । यसअघि स्वास्थ्यकर्मी, सफाईकर्मी, शव व्यवस्थापक, एम्बुलेन्स चालक, पत्रकार, सरकारी कर्मचारीहरु, बैंकका कर्मचारी, कैदी, बृद्धाश्रममा रहेका व्यक्ति र उनीहरुको हेरचाहमा खटिएका लगायतलाई खोप दिइसकिएको छ । आज बानेश्वरस्थित सिभिल अस्पतालमा सभामुख,मन्त्री तथा शीर्षनेताहरुले खोप लगाइसक्नुभएको छ ।

नेपालमा हालसम्म २ वटा खोपले आपत्कालिन प्रयोगको अनुमति पाइसकेको छ । भारतमा निर्मित अक्सफोर्ड तथा एस्ट्रेजेनेकाको कोभिशिल्ड, र चीनमा बनेको सिनोफर्मको भेरोसेल खोपले नेपालमा अनुमति पाइसकेको छ यद्यपी अहिलेसम्म कोभिशिल्ड खोप मात्रै प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा करिव ४ लाख ३० हजार जनाले खोप लगाएका थिए ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार