free website hit counter

कोरोना जितेका युवालाई प्रहरीले लगायो हतकडी

beemaadmin
२०७७ जेष्ठ २१, बुधबार

बैतडी । देशैभर कोरोनाको आतंक छ । संक्रममित थपिनेक्रमसँगै निको भएर घर फर्किने पनि बढिरहेकै छन् । बैतडीमा कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोनालाई जितेको खुशीमा नर्सले फूल दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो । बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती हत्याको अनुसन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलानग गर्ने आदेश दिएको थियो । कारागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए । भारतबाट फर्केर गाउँकै एक युवतीसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती मृत्त अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
वैशाख १५ गते थुनामा राख्नुअघि युवाको द्रूत परीक्षण ९आरडिटी० गर्दा भने कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थुनामा राखेर मुद्दाको अनुसन्धान गरेर अदालतमा पेश गर्दा अदालतले कारागार चलान गर्ने आदेश दिएपछि मात्रै युवाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो । थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो । सङ्क्रमित युवाको सम्पर्कमा आएका मुद्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा रहेको जिल्ला अस्पताल, बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिनुभयो । अस्पतालको आइसोलेसनमा रहेका युवाको पहिलो र दोश्रो पीसीआर रिपोट नेगेटिभ आएकोले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताउनुभयो । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै २२ वर्षीय युवालाई सम्मानित अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार