free website hit counter

कोरोना पीडितलाई उत्तर कोरियामा मृत्युदण्ड

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

एजेन्सी । सरकारको उर्दी नमानेको भन्दै उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ती व्यक्तिले सरकारको उर्दी विपरित सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको बताएको छ । उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरेको आरोप लगाइएको छ । उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन । स्रोतका अनुसार उत्तर कोरियामा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै ती व्यक्तिलार्य मृत्युदण्ड दिइएको बताइन्छ । ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ । स्रोतका अनुसार ती अधिकारीलाई चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएको बताइएको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार