काठमाडौं । बीमा समितिले संशोधित कोरोना बीमा मापदण्ड २०७७ लागू गरेपछि कोरोना बीमा सम्बन्धी दावी भुक्तानी एकद्वार प्रणालीबाट हुने भएको छ । बीमा समितिले एकद्वार प्रणालीबाट दावी भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएकोछ । कोरोना बीमाको दावी भुक्तानी दोहोरिन नदिन तथा छिटो र सरल बनाउन एकद्वार प्रणालीबाट भुक्तानी गर्न लागिएको बताइएको छ। अहिले कोरोना बीमाको दावी भुक्तानी गर्नुपूर्व पुलमा फाइल पठाएर प्रमाणित गरेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । आइतबारसम्ममा कोरोना बीमाको दावी भुक्तानी एकद्वार प्रणालीमार्फत भुक्तानी गर्न निर्देशिका आउनेछ । कोरोना बीमाको दावी भुक्तानीको ठूलो लाइन कम्पनीहरुमा देखिएको छ ।