free website hit counter

कोरोना भगाउने कार्डले मुटुमा पार्ला नि प्वाल

beemaadmin
२०७७ असार १३, शनिबार

काठमाडौं । जनताले जीवनजल नपाएर तड्पीतड्पी मर्नु परिरहेको बेला नेताहरु भने आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर विज्ञानले प्रमाणित नगरेको अफवाहको पछि लाग्दा रहेछन् भन्ने देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरुले भाइरस भगाउने भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ । यस्तै कार्ड संसदीय समितिमा केही सांसदहरुले समेत प्रयोग गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु तथा कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए । उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ । कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने भनिनु भ्रमबाहेक केही नभएको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार