free website hit counter

कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाए, २६१८ संक्रमित थपिए

beemaadmin
२०७८ बैशाख ११, शनिबार

काठमाडौं । कोरोना संक्रमणको अवस्था झन झन जटिल बन्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन्। ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार