free website hit counter

कोरोना संक्रमणमा कमन ट्वाइलेट कति सुरक्षित ? 

beemaadmin
२०७६ चैत्र १६, आईतवार
सहरको बसाइमा धेरैजसो एउटा वा दुइवटा कोठा लिएर बस्नुपर्ने बाध्यता धेरैलाई छ | कोठा भाडामा लगाउन बनेका घरहरुमा एउटा तल्लामा एउटा मात्र ट्वाइलेट हुन्छ | त्यो ट्वाइलेट ५-६ परिवारले सेयर गर्नुपर्ने हुन्छ | अरु कोठामा बस्ने व्यक्तिहरु कहाँ जान्छन ? को को लाई भेट्छन ? को को पाहुना आउछन् ? एकअर्को कोठामा बस्ने व्यक्तिलाई थाहा नहुन सक्छ | पुराना घर तथा भाडा लगाउन बनाएका घरमा ट्वाइलेट भर्यांगमुनी वा अँध्यारो ठाउँमा राख्ने प्रचलन छ | त्यो चिसो, ओसिलो तथा बाल्टिन र मगजस्ता प्लास्टिकका भाँडा, फोहोर फलामका धारा, फलामको चुकुल आदि कोरोना भाइरस धेरै दिन रहनको लागि अनुकुल हुन्छन् | यस्तो ठाउँमा कोहि संक्रमित व्यक्तिले ट्वाइलेट प्रयोग गर्यो भने त्यो तलामा रहेका सबैलाई सर्ने सम्भावना हुन्छ |
यो जोखिमबाट बच्नको लागि हरेक तलामा बस्ने व्यक्तिहरु जिम्मेवार हुनुपर्छ | दिनमा न्युनतम ३ पटक ट्वाइलेट रुमका ढोका, कब्जा, साँचो, चुकुल, धारो, बाल्टिन, माग आदिलाई स्प्रिट वा ६० % भन्दा बढी अल्कोहल भएको झोलले राम्रोसंग सफा गर्नुपर्छ | ट्वाइलेटभित्रको भुइँलाई साबुनपानी वा फिनेलले घोटिघोटी सफा गर्ने, सुख्खा राख्ने तथा झ्याल / भेन्टिलेटर खोलेर हावा खेल्ने बाताबरण बनाउनुपर्छ | आफुले ट्वाइलेट प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने त्यसपछि सफा गरेर फिनेल राख्नुपर्छ | यो काम सुरमा झन्झटिलो लागेपनि सबैले पालोपालो गर्ने हो भने सजिलो हुन्छ | ट्वाइलेटलाई वासरुम तथा रेस्ट रुम बनाउन हरेक व्यक्तिले सरसफाइमा ख्याल गर्नुपर्छ | अन्यथा यो सानो कुराले ठूलो समस्या निम्त्याउने डर रहन्छ |
(फेसबुकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार