free website hit counter

कोरोना सन्त्रासबीच भित्रिएका ४७ हजार क्वारेन्टाइनमा, पाँच सय बढी स्थानीय तहबाट राहत वितरण

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको घोषणागरेसँगै दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने वर्गका नागरिकहरुको अभिलेख संकलन गरी स्थानीय सरकारहरुले राहत वितरण कार्यक्रमलाई अघि बढाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले दिनुभएको जानकारीअनुसार अहिलेसम्म मन्त्रालयले लिएको तथ्यांकका आधारमा कुल ७ सय ५३ स्थानीय तहमध्ये ५ सय भन्दा बढी स्थानीय तहले राहत वितरण गरिरहेका छन् । थप स्थानीय तहले पनि सो कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । प्रवक्ता अधिकारीका अनुसार, मन्त्रालयले बनाएको मापदण्डलाई स्थानीय सरकारहरुले फलो गर्दै राहत वितरण कार्यलाई अगाडि बढाएका हुन्् । मन्त्रालयले केही समय अघि राहत वितरणसम्बन्धी मापदण्ड सबै स्थानीय तहहरुलाई परिपत्र गरेको थियो । हामीले सोचेभन्दा राम्रो गरी स्थानीय सरकारहरुले राहत वितरण कार्यलाई कार्यान्वय गरेकोमा मन्त्रालय सन्तुष्ट रहेको बताउनुभयो । संघीय मामिला मन्त्रालयले कोरोना भाइरसको सन्त्राससँगै सातवटै प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्न सातवटा उपसचिवलाई सम्पर्क व्यक्ति तोकेर काम अघि बढाएको थियो जुन कार्य प्रभावकारी हुँदै गएको छ । प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म मन्त्रालयले स्थानीय तहहरुबाट संकलन गरेको अभिलेखअनुसार ५० हजार नागरिक कोरोना सन्त्रासकैबीचमा नेपाल भित्रिएको र त्यसमध्ये पनि छिमेकी देश भारतबाट भित्रिनेको संख्या बढी रहेको छ । अधिकारीका अनुसार त्यसमध्ये ४७ हजार २ सय ५० जना नागरिक क्वारेन्टाइनमा बसेको अभिलेख प्राप्त भएको र बाँकीलाई पनि क्वारेन्टाइनमा राख्नका लागि स्थानीय सरकारहरु सक्रिय रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार