free website hit counter

क्यान्सर अस्पताल नगरपालिकाको कब्जाबाट मुक्त

beemaadmin
२०७६ मंसिर ८, आईतवार

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल प्रशासनको लामो समयको विवाद अन्ततः समाधानको दिशातर्फ गएको छ । भक्तपुर नगरपालिकाले एकलौटी ढंगले अस्पताल कब्जा गरी नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा अस्पताल व्यवस्थापन समिति गठन गरी पुरानो सञ्चालन समिति भंग गरेपछि कानुनी विवाद देखिँदै आएको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाद्वारा सञ्चालित उक्त अस्पतालको व्यवस्थापन समितिलाई जबर्जस्ती नगरपालिकाले कब्जा गरेपछि पुरानो कार्य समिति सर्वोच्च गएको थियो ।

सर्वोच्च अदालतले भदौ १० गते नगरपालिकाको हस्तक्षेप असंवैधानिक भएको भन्दै पुरानो कार्य समितिलाई व्यवस्थापन सम्हाल्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछिलाई पनि नगरपालिकाले कार्यान्वयन गरेको थिएन । लोकेन्द्रश्रेष्ठ अध्यक्ष रहेको अस्पताल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कात्तिक २४ गतेबाट रिक्त रहेको अस्पतालको कार्यकारी निर्देेशकमा सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. दिपेश धिताललाई नियुक्त गरेको छ भने कार्यकारी अधिकृतमा भक्तपुरकै रुपेश शिल्पकारलाई नियुक्त गरेको थियो । त्यसैगरी रिक्त डेपुटी डाइरेक्टरहरुमा डा. अजय झा र डा. उत्सवमान श्रेष्ठलाई नियुक्त गरिएको थियो ।

नयाँ नियुक्ति पाएका पदाधिकारीहरुले आजै अस्पताल व्यवस्थापन समितिको उपस्थितिमा पदबहाली गरेसँगै लामो समय भक्तपुर नगरपालिकाको कब्जामा रहेको अस्पताल संस्थाको जिम्मामा आएको हो । सञ्चालक समितिको बैठकले मेडिकल अफिसरहरुबीच रहेको असमान तलबमानलाई पनि समायोजन गर्ने निर्णयसँगै एक दर्जन चिकित्सकहरु लाभान्वित भएका छन् । उता म्याद सकिएका डा. ऋषिकेशनारायण श्रेष्ठ भने अझै पनि अस्पताललाई नगरपालिकाकै कब्जामा राख्ने पक्षमा उभिँदै नगरपालिकालाई उचालिरहेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार